१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री भट्टद्वारा अट्वारीको पर्वको शुभकामना



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना व्यक्त गरेका छन् । आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै अट्वारी पर्व मनाउने थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमा भने, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सुदूरपश्चिम प्रदेशसमेत कठिन मोडबाट गुज्रिरहेको कठिन परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई पर्वलाई खुशीयालीसाथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”

साथै थारू समुदायले मनाउने अट्वारी पर्वले सम्पूर्ण प्रदेशवासीमा खुशी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता र पारस्परिक सुमधुर सम्बन्ध बनाउन सघाउ पुगोस् भनी कामना पनि गरेका छन्  ।