२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केबलकार निर्माणमा सहजिकरण गर्न माओवादी सांसद पौडेलले गराए सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजिकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद पौडेलले पाथिभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गर्नुभयो । केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उहाँको भनाइ छ । उहाँले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता रहेको बताउनु भयो । उहान्ले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पाथिभरा केबलकार निर्माणसँग सम्बन्धीत वार्ता कहाँ पुग्यो ? सरकारले रोजेको दमनको बाटो गलत थियो र छ समाननीय सभामुख महोदय । वार्ता सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजिकरण गर्न विषेश अनुरोध गर्न चाहन्छु । सरकारले गर्न नसकेका कार्यहरु निजी क्षेत्रले गर्दै आएको र उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरुमा अझै बढी लगानीको आवश्यकता भएको कुरामा हामी सबै स्पष्ट छौं । निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो । चन्द्र ढकाल जस्ता व्यवसायीहरुलाई प्रोत्साहन गर्दै केबलकार निर्माणमा सहजिकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले विकास निर्माणको काममा निजी क्षेत्र र सरकारको सहकार्य र एकता जरुरी रहेको बताउनु भयो ।