२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित



अ+ अ-

काठमाडौँ। युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल जितेको छ । नेपालले आफ्नो दोस्रो खेलमा युगाण्डालाई एक विकेटले पराजित गरेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।

युगाण्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो । घरेलु टोली युगाण्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनायो । छयहत्तर रनको विजयी लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि साना प्रवीनले सर्वाधिक १७ रन जोडिन् । उनले ३५ बलमा एक चौका प्रहार गरिन् ।

त्यस्तै पूजा महतोले १६ रन जोड्दा रुबिना क्षेत्रीले १० रन बनाइन् । सम्झना खड्काले ८, कप्तान इन्दु बर्माले ६ तथा ईश्वरी विष्टले अविजित ३ रन जोडिन् । बलिङतर्फ युगाण्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । उनले  ४० बलमा तीन चौका प्रहार गर्दै २२ रन बनाइन् ।

त्यसैगरी, स्टेफेनिया नाम्पिलिनाले २५ बलमा एक चौकाको सहयोगमा १४ रन जोडिन् भने मलिषा अरिकोटाले २४ बलमा ११ रन जोडिन् । नेपालका लागि पूजा महतोले ३ विकेट लिइन् भने कप्तान इन्दु बर्माले २ विकेट लिइन् । जारी सिरिजमा युगाण्डाको यो पहिलो हार हो । युगाण्डाले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो ।

जारी सिरिजमा घरेलु टोली युगाण्डासँगै नेपाल, नामिबिया र हङकङको सहभागिता रहेको छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । नेपालले सोमबार हङकङसँग खेल्नेछ । रासस