१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिदी पहिरोः थप ३ शव फेला



अ+ अ-

सिन्धुपाल्चोक । गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो । यससँगै पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन्  ।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।  तीमध्ये १४ बालबालिमा मात्रै  छन् । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना  र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्  । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।