१९ असार २०८३, शुक्रबार
,
Latest
कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी ‘एआई फर गुड ग्लोबल समिट’मा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ धानको बीउमा मरुवा रोगको समस्या ‘कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ’ कोशी प्रदेशसभा: विधेयकमाथि छलफल सुरु वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी: एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा… केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगबाट नेकपा एमाले दल दर्ता, चुनाव चिह्न उदाउँदो सूर्य



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले नेकपा एमालेलाई उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दले दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको  आयोगले जनाएको छ । 

दल दर्ताका लागि आबश्यक प्रमाण पुगेपछि आयोगले दल दर्ता गरेको जनाएको छ । 

नेकपा स्थायी समितिको बैठक चलिरहेकै समयमा असार दोस्रो  साता  एमाले नामको दल दर्ताका लागि निवेदन परेको थियो। 

असार १६ गतेको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ताका लागि प्रक्रिया अघि बढाइएको भन्दै अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम लगायतका नेताहरुले राजीनामा मागेका थिए ।

उता ओलीले पनि गोपाल किरातीले नेकपा माओबादी दल कायम राखेको भन्दै आफू नेकपाको अध्यक्ष भएका कारण अर्को दल दर्ता गर्न आवश्यक नभएको बताउनु भएको थियो ।