२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो



अ+ अ-

सिड्नी: कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ ।

अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको नेपथ्य आगामी चैत १६ (मार्च २९) मा सिड्नीस्थित होर्डन पभिलियन’ मा प्रस्तुत हुँदै थियो । अब भने अर्को दिन अर्थात् चैत १७ (मार्च ३०) मा पनि नेपथ्य त्यसै हलमा उपस्थित हुनेछ ।

 राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरु गरेको नेपथ्यले पर्थमा दोस्रो कन्सर्ट गरिसकेको छ । दुवै सहरमा भएको कन्सर्टको चर्चासँगै सिड्नीमा टिकटको माग बढेको थियो । सिड्नीका लागि भएभरका टिकट निकै अगाडि बिक्री भइसकेपछि स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपथ्यलाई व्यवस्थापन गर्दै आएको संस्था नेपालयले थप शो घोषणा गरेका हुन् ।

 नेपालयले यसलाई आफूहरूले नेपाली संगीत क्षेत्रकै निम्ति सुखद खबरका रूपमा लिएको जनाएको छ । कार्यक्रम आयोजनाको व्यवस्थापकीय चुनौती उल्लेख गर्दै नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘कलाकारको लोकप्रियता र दर्शकको मागको समीकरण आकलन गर्दै कस्तो र कति क्षमताको स्थानमा कन्सर्ट गर्ने भन्ने चुनौती रहने गर्छ । त्यसै आधारमा आयोजनास्थलबारे व्यवस्थापकीय निर्णय लिनुपर्ने हुन्छ ।

 अस्ट्रेलियाको एकपछि अर्को सहरमा आयोजित नेपथ्यको कन्सर्टको चर्चाले दर्शकको चासो ह्वात्तै बढेको स्थानीय आयोजक टीआरएनका प्रदीप पाठक बताउँछन् । यसै कारण भएभरका टिकट चाँडै बिक्री भए । अरू दर्शकको आकांक्षालाई सम्मान गर्दै थप शो घोषणा गर्ने जमर्को गरेका हौं,’ उनले भने ।

 नेपथ्य आगामी प्रस्तुतिका लागि ब्रिसबेन पुगिसकेको छ । यसपछि क्रमशः होबार्टएडिलेड र मेलबर्न सहरमा आफूलाई उभ्याएर ब्यान्ड सिड्नी पुग्नेछ ।

सिड्नीस्थित विश्वविद्यालयको प्रेक्षालयमा सन् २००९ मा पहिलो पटक प्रस्तुत भएर अस्ट्रेलिया अनुभव थालनी गरेको नेपथ्यले त्यसपछि दुई हजार दर्शक क्षमताको टाउनहल’ मा आफूलाई उभ्याएको थियो । टाउनहलमा क्षमताभन्दा धेरै दर्शक आएपछि केही बेरसम्मै सिड्नी सहरको मुटुमा रहेको त्यो भेग प्रहरीले नियन्त्रणमा लिनुपर्ने गरी अस्तव्यस्त बन्न पुगेको थियो । त्यसपछि केही समयसम्मै लगातार तीन हजार दर्शक क्षमताको लुनापार्कस्थित बिग टप’ हलमा नेपथ्यले प्रस्तुति दिएको थियो ।

 नेपथ्य सन् २०२३ मा साढे पाँच हजार दर्शक क्षमताको हल होर्डन पभिलियन’ मा प्रस्तुत भएको थियो । त्यति बेला आँटै गरेर ठूलो हल चयन गर्दा पनि भएभरका सबै टिकट बिक्री भएका थिए । त्यसै अनुभवका आधारमा यसपाला पनि उही हल छनोट गरिएको थियो । तर शो सुरु हुन निकै समय बाँकी छँदै भएभरका टिकट अनलाइनबाट बिक्री भएका छन् ।

पहिलोमा जस्तै सिड्नीको दोस्रो शोमा पनि घोषणालगत्तै टिकट काट्नेलाई अर्ली बर्ड बुकिङ’ अन्तर्गत सहुलियत दर व्यवस्था गरिएको स्थानीय आयोजकले जनाएको छ । दोसो शोको टिकट मार्च १२ बुधबार सिड्नी समय अपराह्न ४ बजेदेखि खुला गरिएको छ ।