१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेमोक्र्याटिक पार्टीको अधिवेशन शुरु, सबै नेताको भर्चुअल सम्बोधन



अ+ अ-

एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ ।   कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नु हुनेछ । 

यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनलाई औपचारिक उम्मेदवार बनाउनेछ । बाइडेनले सम्मेलनको अन्तिम दिन आगामी बिहीबार आफ्नो गृहराज्य डेलावेयरबाट भर्चुअल सम्बोधन गर्नु हुनेछ । 

विगतमा प्राइमरी चुनावबाट विजयी प्रतिनिधिहरु, पार्टी समर्थक र पार्टीका विशिष्ट व्यक्तिको बाक्लो उपस्थितिबीच निकै तडकभडकका साथ हुने अधिवेशन यसपटक खल्लो छ । मिल्वाकीको सिटी सेन्टरलाई अधिवेशन स्थल तोकिए पनि त्यहाँ कोही पनि उपस्थित छैनन् । 

सम्मेलनको तेस्रो दिन अर्थात् बुधबार सम्मेलनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदका लागि औपचारिक मनोनयन गर्नेछ । 

“हामी जनता ९वी दी पिपल०” अमूर्त नाराका साथ शुरु भएको यस अधिवेशनमा नेताहरुले पार्टीका नीतिहरुमाथि बहस चलाउनेभन्दा राष्ट्रपति ट्रम्पका नीतिहरुको आलोचना गर्ने सम्भावना बढी छ । 

अधिवेशनमा राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, उहाँले उपराष्ट्रपतिमा मनोनयन गर्नुभएकी कमला ह्यारिस, डेमोक्र्याटिक पार्टीका तर्फबाट विगतमा राष्ट्रपति रहनुभएका बाराक ओबामा र उहाँकी पत्नी मिसेल ओबामा, पूर्व राष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टन, राष्ट्रपतिको उम्मेदवार होडमा रहनुभएका बर्नी स्यान्डर्स समेतका विशिष्ट व्यक्तिले सम्बोधन गर्नु हुनेछ ।

सम्मेलन आयोजकका अनुसार बुधबार पूर्वराष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन, सिनेटर एलिजाबेथ वारेनले सम्बोधन गर्नुहुनेछ भने त्यसअघि मंगलबार पूर्वराष्ट्रपति बिल क्लिन्टन र कंग्रेस सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सम्बोधन गर्दै हुनुहुन्छ ।  

अधिवेशनमा रेकर्डेड तर भावुक मुद्रामा सम्बोधन गर्दै पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले राष्ट्रपति ओबामाको कार्यशैली अमेरिकी जनता र अमेरिकाका लागि घातक रहेको आरोप लगाउनुभएको छ । 

उहाँले विगतमा डोनाल्ड ट्रम्पलाई जिताएका मतदाताप्रति लक्षित गर्दै एउटा गल्तीका कारण आज हामीले त्यसको परिणाम भोगिरहेका छौं भन्नुभयो । उहाँले हिलारी क्लिन्टनले सन् २०१६ मा ट्रम्पको भन्दा बढी लोकप्रिय मत प्राप्त गरेपनि पराजित हुनु परेकामा दुःख प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “डोनाल्ड ट्रम्प हाम्रो मुलुकका लागि गलत राष्ट्रपति हुन् । आफूलाई सही सावित गर्ने चार वर्ष पनि त्यतिकै खेर गइसके ।”

मिसेलले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जो बाइडेन निकै भलादमी र योग्य रहनुभएको बताउनुभयो । उहाँले जो बाइडेनले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने, कोरोना महामारीलाई परास्त गर्ने तथा आफ्नो मुलुकलाई सही नेतृत्व दिनसक्ने बताउनुभयो ।

जो बाइडेनले उपराष्ट्रपति पदमा कमला ह्यारिसलाई मनोनयन गर्नुअघि नै मिसेल ओबामाको सम्बोधन रेकर्ड गरिएकाले ह्यारिसका बारेमा उहाँले केही भन्नु भएको छैन । 

राष्ट्रपति ट्रम्पका नीतिमाथि कडा शब्दमा आलोचना गर्नु भएकी मिसेलले भन्नुभयो, “देशभित्रका जल्दाबल्दा विषयमा मुलुकको सर्वोच्च निकायका प्रमुख ट्रम्पले सहानुभूति राख्नुपर्नेमा उल्टै अराजकता, विभाजन र घृणा फैलाएर अस्थिरता निम्त्याउनु भएको छ ।”

उहाँले विगत चार वर्षका समयका बारेमा अमेरिकी बालबालिकालाई बताउन पनि मुश्किल छ भन्नुभयो । “उनीहरुले आफ्नो नेताले आफ्नै नागरिकलाई राज्यका दुश्मनका रुपमा व्यवहार गरेको देखेका छन्, र गोराहरुको आधिपत्यलाई जबर्जस्त रुपमा महिमामण्डन गरिएको छ ।”

मिसेल ओबामाले रिपब्लीकन समर्थक र प्रगतिशील पक्षधरलाई जो बाइडेनको पक्षमा मत दिन अनुरोध गर्नु भएन, किनभने यी दुई काम रिपब्लीकन सिनेटर जोन कासिच र बर्नी स्यान्डर्सले गर्नु हुनेछ । 

जोन कासिचले रेकर्ड गराएको भिडियो सम्बोधनमा यसपटक जो बाइडेनलाई जिताउन आग्रह गरिएको छ । उहाँले सन् २०१६ को प्राइमरी चुनावमा ट्रम्पसँगै राष्ट्रपतिको उम्मेदवारीका लागि रिपब्लीकन पार्टीभित्र संघर्ष गर्नु भएको थियो ।

कासिचले यसअघि नै जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । उहाँले भन्नुभएको छ, “हाम्रो देशमा अहिले के भइरहेको छ भन्ने जगजाहेर छ, तर साँचो अर्थमा अहिले जे भइरहेको छ त्योभन्दा राम्रो गर्न सकिने प्रशस्त सम्भावना हाम्रा अघिल्तिर छ ।”

जो बाइडेनसँग प्राइमरी चुनावमा भिड्नुभएका दक्षिणपन्थी प्रगतिशील मानिने भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले रेकर्ड गराउनुभएको सम्बोधनमा भनिएको छः हाम्रो लोकतन्त्रको भविष्य संकटको घडीमा छ । देश जलिरहेको अवस्थामा रोमका निरो बाँसुरी बजाइरहेका हुन्थे, अहिले ट्रम्प गल्फ खेलिरहेका छन् ।

यसैबीच, बिबिसीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले रिपब्लीकन पार्टीका जोन कासिचको भनाईप्रति असन्तोष प्रकट गर्नु भएको छ । 

रिपब्लीकन पार्टीले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदका लागि पुनः औपचारिक मनोनयन गर्न अर्को साता अधिवेशन गर्दैछ ।