१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान



अ+ अ-

काठमाडौं । सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार पठाइएको छ।

महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो। त्यसपछि अदालतको आदेशअनुसार उनलाई कैद सजाय कार्यान्वयनका लागि जलेश्वर कारागार चलान गरिएको हाे ।

थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले यसअघि महतोलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्ट्याउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतको निर्णयपछि फरार रहेका महतोलाई प्रहरीले गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।