३० जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीलाई रघुजी पन्तको टीप्पणीः राजतन्त्र संविधानले चिन्दैन, बहस गर्ने भए इतिहास पढेर आउनुहोस्



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्त राजा किन आवश्यक ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ती जनाए ।

सांसद पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले बोल्न थालेपछि सभामुखले समय लिएर बोल्न आग्रह गरे । तर, सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह गर्दै शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए ।

‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस् । मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।
अहिले संविधानले राजतन्त्र चिन्दैन । त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन । राजतन्त्र इतिहासको विषय भइसक्यो ।’ सांसद पन्तले भने ।

राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन भन्दै सत्तापक्ष पनि सडकमा उत्रिन पर्ने अवस्था आउनसक्ने चेतावनी दिए ।