२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगित



photo: rss
अ+ अ-

काठमाडौँ। आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने निर्धारण गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभा नियमावली र प्रतिनिधिसभा नियमावली बाझिएको भन्दै राष्ट्रियसभा आजको बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । त्यसपछि ३ः३० बजे बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गर्नुभएको थियो ।

आजको बैठक स्थगन भएकाले कार्यसूचीमा रहेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन । रासस