२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईपीएल–१८ को दोस्रो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई जितका लागि २८७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको निर्धारित हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो । यो आईपीएल इतिहासमा दोस्रो उच्च स्कोर हो । उच्चतम स्कोर (२८७ रन) को कीर्तिमान पनि हैदरावादकै नाममा छ ।

इशान किशनले १०६ रनको शतकीय इनिङ खेले । उनले ४७ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाए । हेनरिक क्लासेन (३४ रन), नितिश कुमार रेड्डी (३० रन) र अभिषेक शर्मा (२४ रन) बनाए ।

राजस्थानका तुषार देशपाण्डेले ३ विकेट लिए । महिष टिक्षानाले २ र सन्दीप शर्माले १ विकेट लिए ।