२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मङ्गलवार श्री कृष्ण जन्माष्टमी, भगवान कृष्णको फोटोमा क्लिक गर्दै हेर्नुहोस् ! तपाईको आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । घरमा अतिथीको आगमन हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): अनावश्यक यात्रा हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मघाती काम गर्न पुगिएला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्यलाभका योग पनि देखिन्छन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज रोकिएको कामको गाँठो फुक्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । विद्याको क्षेत्र सबल रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र सुखद् यात्राको योगपनि छ । हाम्रो पात्रो




भर्खरै