२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको सहज जित, पिएसजीले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनि क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।

गएराति भएको क्वाटरफाइनल अन्तर्गतको पहिलो लेगमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४–० गोलले हराएको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा राफिन्हा र लामिने यामलले एक–एक गोल गरे ।

खेलको २५ औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । ४८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

यस्तै, ६६ औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे । यता, ७७ औं मिनेटमा यामलले गोल थप्दै टोलिलाई ४–० को जित दिलाए । दुई टोलिबीचको दोस्रो लेगको खेल डर्टमण्डको घरेलु मैदानमा अप्रिल १६ मा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले इंग्लिस क्लब एस्टन भिल्लालाई ३–१ ले हरायो । घरेलु टोलिको जितमा डिजाएर डोए, ख्भिचा भारात्सखेलिया र नुनो मेन्डिसले गोल गरे । भिल्लाका मोर्गान रोजर्सले एक गोल फर्काए ।

जितसँगै पिएसजीले दुई खेलको एग्रिगेटमा ३–१ को अग्रता बनाएको छ । दुई टोलिबीच दोस्रो लेगको खेल अप्रिल १६ मा भिल्लाको घरेलु मैदानमा हुनेछ ।




भर्खरै