२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ?



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ अन्तर्गत ३१ औं खेलमा आज पञ्जाब किंग्स (पीबीकेएस)ले कोलकाता नाइट राइडर्स (केकेआर) को सामना गर्दैछ ।

खेल साँझ ७ः४५ बजे महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशाला, मुल्लानपुरमा सुरु हुनेछ । जारी सिजनमा दुबै टोलि पहिलोपटक आमनेसामने हुँदैछन् ।

डिफेन्डिङ च्याम्पियन कोलकाताको यो सातौं खेल हुनेछ । टोलीले ६ मध्ये ३ जित र ३ मै हार बेहोरेको छ । अर्कोतर्फ, यो पञ्जाबको छैटौं खेल हुनेछ । टोलीले ५ खेलमध्ये ३ खेल जित्दा २ खेलमा हार ब्यहोरेको छ ।

हेड टु हेड
कोलकाता पञ्जाबमाथि हाबी छ । दुई टोलीबीच अहिलेसम्म कूल ३३ आईपीएल खेल खेलिएको छ । कोलकाताले २१ र पञ्जाबले १२ मा जित हासिल गरेको छ । यद्यपि, पछिल्ला ५ खेलमा पञ्जाबले ३ जितसहित थोरै अग्रता लिएको छ । जबकि, कोलकाताले दुई पटक मात्र जित हासिल गरेको छ ।

पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ५ खेलमा कुल २५० रन बनाएका छन् । सिजनको पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अविजित इनिङ खेलेका थिए । बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ५ खेलमा ७ विकेट लिएका छन् ।

कप्तान अजिंक्य रहाणे केकेआरका सर्वाधिक स्कोरर हुन् । उनले ६ खेलमा कुल २०४ रन बनाएका छन् । आफ्नो डेब्यू खेलमा उनले आरसीबीविरुद्ध ३१ बलमा ५६ रनको अर्धशतक बनाए । बलिङमा, वरुण चक्रवर्तीले ६ खेलमा ८ विकेट लिएका छन् ।

कस्तो छ पिच ?
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालाको पिच ब्याट्सम्यानका लागि धेरै सहयोगी साबित हुन्छ । उच्च स्कोरिङ खेलहरू यहाँ देख्न सकिन्छ । यहाँ अहिलेसम्म ७ वटा आईपीएल खेल भइसकेका छन् । ४ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ३ खेलमा पछ्याउने टोलीले जितेको छ । यहाँको उच्चतम टोली स्कोर २१९–६ हो, जुन पञ्जाबले चेन्नई सुपर किंग्स विरुद्ध अन्तिम खेलमा बनाएको थियो ।

मंगलबार मुल्लानपुरको मौसम धेरै गर्मी हुनेछ । आज यहाँ धेरै घाम लाग्नेछ । पानी पर्ने सम्भावना छैन । तापक्रम २४ देखि ३८ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

दुबै टोलिका सम्भावित सुरुवाती–११
पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह, शशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, सूर्यांश शेडगे, मार्को यानसेन, जेभियर बार्टलेट, युजवेन्द्र चहल, अर्शदीप सिंह ।

कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सुनील नारायण, वेंकटेश अय्यर, रिंकु सिंह, मोइन अली, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती ।