१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै संसद्मा इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्षमा तीन वटा नयाँ पुरस्कार स्थापना



अ+ अ-

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/०७७ मा तीन वटा नयाँ पुरस्कार स्थापना गरेको छ ।  

प्रतिष्ठानले नेपाल प्रज्ञालङ्कार, भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य र नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरेको हो । विगतमा स्थापना भएका पुरस्कारहरुलाई कायमै राखेर प्रतिष्ठानले नयाँ पुरस्कारहरु स्थापना गरेको हो । नेपालको गौरबलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान पुर्याउने विदेशी नागरिकलाई प्रत्येक तीन वर्षमा दिने गरी नेपाल प्रज्ञालङ्कार पुरस्कार स्थापना गरिएको छ । सो पुरस्कारको राखी ३ हजार अमेरिकी डलर बराबरको नेपाली रकम नगद पदक र प्रमाण पत्र रहेको छ । 

यस्तै नेपाल बाहिर रहेर साहित्यमा विशिष्ट योगदान गर्ने नेपाली मूलका स्रष्टाहरुलाई प्रत्येक दुई वर्षमा प्रदान गर्नेगरी भानुप्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कारको स्थापना भएको छ । यस्तै नेपाली भाषा साहित्यको अन्य भाषामा र अन्य भाषाको नेपाली भाषामा अनुवाद गर्ने अनुवादकलाई दुई प्रर्षमा प्रदान गर्ने गरी नेपाल प्रज्ञा अनुवाद पुरस्कार स्थापना गरिएको छ । दुबै पुरस्कारको राशी २ लाख नेपाली रुपैयाा नगद, पदक र प्रमाणपत्र रहेको छ । प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७७ कोभिडका कारण गर्न सकेको छैन् । 

प्रतिष्ठानले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार महोत्सवका लागि प्राप्त भएका ५ सय २ वटा कविताहरु सिलबन्दी र लाहाछाप गरि सुरक्षित रहेका छन् । कोरोना महामारीपछिको अवस्था सामान्य भएपछि समुचित मूल्याङ्कन गरी पुरस्कार वितरण गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले नेपाल शब्दकोशको मोबाइल एप निर्माण गर्दै परिमार्जित संस्करण प्रकाशन गरेको छ । गत माघमा राष्ट्रिय गजल महोत्सव समेत सम्पन्न गरेको छ । यस्तै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत सम्पूर्ण कर्मचारीको तर्फबाट ७ लाख २९ हजार ५ सय ७३ रुपैयाँ कोरोना नियन्त्रण कोषमा जम्मा गरेको छ ।