२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता- माधव सापकोटा



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धकारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले समाजवादी अर्थव्यवस्था निर्माण गर्ने त्यसका आधारशिला निर्माण र भु्रण निर्माण गर्ने दिशातर्फ राज्य  प्रणाली जान नसकेको टिप्पणी गर्नुभयो ।

प्रि–बजेट छलफलमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य र ध्ययेसँगै सामाजिक न्यायको सिद्धान्तलाई बलियो रुपमा अघि बढ्न प्रभावकारी र ठोस कुरा नआएको धारणा राख्नुभयो ।

“सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई समन्यायिक ढङ्गले राज्यका सबै क्षेत्रमा समावेश गरेर लैजाने र त्यसअनुसार न्याय स्थापित गर्ने भनेका छौँ”, सांसद सापकोटाले भन्नुभयो, “पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका कयौँ विषयले मात्र बढी प्राथमिकता पाएका छन । रासस