२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दासढुङ्गामा मदन–आश्रित स्मृतिसभा



अ+ अ-

चितवन।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ ।

एमाले चितवनको आयोजना र मदनभण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको सभामा नेता कार्यकर्ताले नेताद्वयको शालिकमा माल्यार्पण गर्नुका साथै शब्दद्वारा श्रद्धासुमन व्यक्त गर्नुभएको थियो । दासढुङ्गा मदन–आश्रितको जिप त्रिशूलीमा खसेको स्थल हो ।

सो अवसरमा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको चर्चा गर्दै उहाँमा जुनसुकै कुरा बुझाउनसक्ने क्षमता रहेको बताउनुभयो । मदन र आश्रितको परिवारले धेरै ठूलो त्याग गरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले एक दिन दासढुङ्गामा आएर फूल चढाउँछौँ, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मुली गुमाएको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले ‘जनताको बहुदलीय जनवाद’ तीन दशकको अभ्यासबाट प्रमाणित भइसकेको बताउनुभयो । जीवराजलाई कुशल सङ्गठक हुनुका साथै आदर्श नेता पनि भएको उहाँको भनाइ छ ।

एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले जेठ ३ लाई अध्याँरो दिनका रुपमा चित्रण गर्नुभयो । जीवराजका छोरा डा सागर न्यौपानेले आजको दिनलाई कालो दिनको सङ्ज्ञा दिँदै षड्यन्त्रपूर्वक देशीविदेशी शक्तिहरुले नेताद्वयको हत्या गरेको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोल्नुभएको थियो । विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गामा मदन–आश्रितको रहस्यमय जिप दुर्घटनामा निधन भएको थियो । रासस