१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गर्नुभएको छ । 

यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनु भएको हो । 

उहाँले यसअघि आफूले मास्क नलगाउने बताउनु भएको थियो भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास गर्नु भएको थियो । 

गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्विकार गर्दै र वेवास्ता गर्दै आउनुभएको थियो ।

तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उहाँले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उहाँ शनिबार हेलिकोप्टर मार्फत् जानुभएको थियो । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उहाँले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिनुभएको थियो । 

उहाँ घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पतालमा जानु भएको हो । 

अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।