३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुसन्धान टोलीको निष्कर्षः नाम्खामा तीन हिमताल भेटियो



अ+ अ-

अदानचुली । हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँको बाढी पहिराका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले सो स्थानमा तीनवटा हिमताल रहेको निष्कर्ष निकालेको छ ।

यही जेठ १ गते गएको बाढीपहिराका कारण पत्ता लगाउन खानी तथा भूगर्भ विभागका सिनियर डिभिजन जिओेलोजिस्ट शिवकुमार बास्कोटा नेतृत्वको तीन सदस्यीय टोलीले पाँच हजार तीन सय ५० मिटर उचाइमा तीनवटा हिमताल भेटिएको जनाएको छ ।

अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी रहेका छन् ।

पहिरो आएलगत्तै स्थानीय हिमताल फुटेको ठाउँमा पुग्दा दुईवटा हिमताल फुटेको बताएका थिए तर आइतबार बिहान उक्त स्थानमा गएको टोलीले दुईवटा हिमताल नभई तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले बताउनुभयो ।

यही जेठ १ गते राति एक्कासि बाढी आउँदा नाम्खा गाउँपालिका–६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो । बाढीले १८ घरपरिवार विस्थापित भएका थिए । हिमालमा रहेका दुईवटा हिमपोखरीबाट चुहिएको पानीले बाढीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।