२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनमा सहभागी हुन आउनेलाई विभिन्न नाकामा अवरोध गरेको राप्रपाको आरोप



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था पक्षधरहरू आन्दोलनमा सहभागी हुन आउने क्रममा विभिन्न नाकामा अवरोध भइरहेको जनाएको छ ।

राप्रपापार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत विभिन्न भूगोलबाट काठमाडौं आइरहेका आफ्ना समर्थकहरूलाई नाकामा अनावश्यक सोधपुछ गर्ने काम भइरहेको जानकारी गराउनु भएको छ ।

उहाँले लेख्नुभएको छ- राजसंस्था पक्षधरहरुको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाण्डौं आइरहेका विभिन्न भुगोलका राष्ट्रवादी साथीहरुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछु।

राजसंस्था पुनस्थापना धर्मनिरपेक्षता र संघियताको खारेजीको माग राख्दै राप्रपासहितका दलहरूको समर्थनमा राजसंस्थापक्षधरहरूले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।