२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चा गतिशिल हुन सकेन, अरु पार्टीसँग तत्काल एकता सम्भव छैनः माधव नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्य राजनीतिक दलहरुसँग तत्काल एकतावद्ध हुन नसकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहँँले तत्काल अन्य राजनीतिक दलहरुसँग एकतावद्ध भएर जाने सम्भावना नरहेको भन्दै सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले अझै पनि कतिपयसँग मोर्चा बनाएर सँगै अघि बढ्न आफूहरु तयार रहेको बताउनु भयो । अध्यक्ष नेपालले समाजवादी मोर्चा गतिशिल हुन नसकेको भन्दै आफूहरुले पनि सक्रियता देखाउनुपर्ने बताउनु भयो । समाजवादी मोर्चालाई सक्रिय बनाउन झक्झक्याउनुपर्ने जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले नै अरु पार्टीहरुसँग एकतावद्ध भएर जाने सम्भावना देखिँदैन । तर हामी सहकार्य गर्ने कुरामा विचार मिल्नेहरुसँग सहकार्य गर्दै अघि बढ्न तयार छौँ । अझै कतिपयहरुसँग मोर्चा बनाएर पनि सँगसँगै अघि बढ्न पनि तयार छौँ । हामीले निर्माण गरेको समाजवादी मोर्चा गतिशिल हुन सकेको छैन । यसमा हामीले पनि अझै भुमिका खेल्ने कुरामा कहीँ कमजोरी रहेको छ भने सक्रिय भुमिका पनि खेल्नुपर्छ । अरुले खेलेनन् त्यो हाम्रो गुनासोको विषय होला । तर हामीले पनि झक्झक्याउनुपर्ने, हामीले पनि सक्रियता लिनुपर्ने आवश्यकता छ । त्यसो भयो भने समाजवादी, वामपन्थी शक्तिहरु एक ठाउँमा आउन सक्छन् । सहकार्य अघि बढ्दै जानसक्छ ।’

कम्युनिष्ट पार्टीको विकल्प अरु कुनै पार्टीहरु नरहेको बताउनु भयो । पुँजीवादी र दृष्टिकोण नभएका पार्टीहरले देशको रुपान्तरण र विकास गर्न नसक्ने बताउनु भयो ।