२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताको पहिचान, पहुँच र प्रतिनिधित्वका निम्ति क्रियाशील छु’



अ+ अ-

खोटाङ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आफू क्रियाशील रहेको बताउनुभएको छ ।

किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा आज आयोजित बृहत् साकेला प्रदर्शनीमा उहाँले जनताको पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू पनि किरात समुदायसँगै रहेको बताउनुभयो । “नेपाली काँग्रेसले सँधै द्वन्द्व मेटिने र पहिचान भेटिने कुरामा विश्वास गर्ने गर्छ । संविधानसभाबाट संविधान बन्ने समयमा मैले पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्वको कुरा उठाएको थिएँ । अहिले संविधानमा यी विषयहरु समेटिएका छन्”, उहाँले भन्नुभयो, “सबै जाति, धर्म र संस्कारको समान अधिकार हुनुपर्छ । एकले अर्कालाई सम्मान गरेमा मात्र सभ्य समाज निर्माण गर्न सकिन्छ ।”

फरक सन्दर्भमा नेता कोइरालाले वर्तमान गठबन्धन सरकारलाई असफल हुने छुट नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन, सहज एवं पारदर्शी रुपमा सेवा प्रवाह, रोजगारी सिर्जना तथा आर्थिक सुधारमा ध्यान दिनुपर्छ । जनअपेक्षाअनुसारका धेरै काम गर्न जरुरी छ ।”

जिल्लास्थित पार्टीका कार्यकर्तासँग अन्तरक्रियासमेत गर्नुभएका नेता कोइरालाले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरभित्रै सम्पन्न गराउन आफूहरु लागिपरेको जानकारी दिनुभयो ।रासस