२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापा र दीपक सिंह रिहा, सोमबार उपत्यका बन्द आह्वान



अ+ अ-

काठमाडौं । राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आज पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जना रिहा भएका छन् ।

राप्रपाका सांसद दीपक सिंह पनि आजै रिहा भएका छन् ।

प्रहरीले आठ जनालाई पक्राउ गरेको थियो । तर साँझ ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो । एक जना भने प्रहरी हिरासतमै छन् ।

राजावादीहरुलाई पक्राउ गरिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ ।

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्ति मार्फत आह्वान गरिएको छ ।