२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप लिग–२: नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ ।

हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको थियो । जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका थिए । एक खेल भने नजिताविहीन भएको थियो । विश्वकप लिग–२ मा नेपाल १२ खेलबाट ६ अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अङ्क जोडेर चौथो स्थानमा छ ।

आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन् ।