१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद मेटमणि चौधरीविरुद्ध साढे ५ करोडको बैंकिङ कसुरमा जाहेरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद एवं प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ ।

जाहेरी परेसँगै प्रहरीले उनीमाथि मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

उनी दाङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रहरीले चौधरीविरूद्व बैंकिङ कसुर र ठगी मध्ये कुन मुद्दा चलाउने भन्ने बारे कानुनी परामर्श पनि थालेको छ ।

उजुरीका बारेमा थप छानबीन गरेर मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ ।

उजुरी कसले हालेको भन्नेबारे प्रहरीले केहि खुलाएको छैन ।