१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरुले पनि खाएका त छैनन् ?’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्ने बताउनुभएको छ ।

शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले जनताको आावज उठाउँदा पनि सरकार बेखबर रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । रुस, युक्रेन सेनामा रहेका नेपालीहरु पनि भिजिट भिसाबाटै त्यहाँ पुगेको बताउनु भयो । गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा जोडिनुभएको आरोप लगाउँदै आफूहरुले राजीनामा माग गरेको बताउनु भयो । गठबन्धन दलसँग पनि सुशासन कायम गर्ने भए गृहमन्त्रीलाई बर्खास्ती गर्नुपर्ने माग गर्नुभयो । एक करोड दैनिक आम्दानीको हिस्सा गठबन्धन सरकारका टाउकेहरुले पनि खाएका त छैनन् ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले नेपाली जनताको लागि आवाज उठाएका छौँ । रसियामा गएर काल कुरेर बसेका दाजुभाईको लागि हामीले आवाज उठाएका छाँै । यो जाने बाटो भिजिट भिसाको हो । हाम्रा दाजुभाई दिदिबहिनीहरु बेचिएका छन् । उनीहरुमार्फत लाखौँ रुपैयाँ असुल गर्ने जस्तो निर्लज्जता केही पनि छैन । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानविन हुनुपर्छ । गृहमन्त्रीज्यु पनि अहिले त्यो दायरामा आउनुभएकाले उहाँको राजीनामा माग गरेका छौँ । हाम्रो माग जायज छ ।’

सांसद कार्कीले पैसा कमाउन देश पनि बेच्ने हो ? भन्दै प्रश्न गर्नुभयो । अविलम्व उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताउनु भयो । गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो ।