२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा अहिलेको सबैभन्दा ठूलो खाँचो सिस्टमको होः माधव सापकोटा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठूलो खाँचो सिस्टमको भएको बताउनुभएको छ ।

आईतवार ललतिपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताउनु भयो ।

उहाँले विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति नरहे पनि सिस्टम भने नभएको जिकिर गर्नुभयो । उहाँले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताउनु भयो । उहाँले नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताउनु भयो । उहाँले बिस्तारै क्रमिक रूपमा विकासहरू हुँदै गएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “ नेपालमा केही नभएको त्यस्तो कुरा पनि होइन । हिजो भर्खरै प्रधानमन्त्री ज्यूको उपस्थितिमा नयाँ संरचनाको उद्घाटन भएको छ । यसले हाम्रो समाजमा नयाँ रक्तसञ्चार गरेको छ ।  हामीले   १० वर्षको बिचको समग्र पूर्वाधार निर्माण, मानव विकास सूचकाङ्कसहित अरू सबै कुराको हे¥यौ भने फरक पाउँछौँ । बिस्तारै क्रमिक रूपमा विकास सुधार हुँदै गएका छन् । तर, आजको समस्या के हो भने सार्वजनिक यातायात चढ्यो भने त्यो चढी साध्य छैन ।  त्यसको जटिलता, समस्या र चुनौतीहरूको बारेमा, हस्पिटल गयो भने अरू प्रकारका चुनौतीहरू छन् । सिंहदरबारभित्रकै कुरा गर्ने हो भने अरू चुनौतीहरू छन्, सबै भन्दा ठुलो खाँचो भनेको हाम्रा देशमा सिस्टमको हो । विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग हामीलाई तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति छैन । तर, हामीकहाँ सिस्टम छैन । एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर लाइन बसी कुपन लिएर उपचार गर्न सक्ने अवस्था हामीले बनाउन सकिरहेका छैनौँ । यहीँबाट हाम्रो कमजोरी छ ।” 

उहाँले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताउनु भयो ।