२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । निर्माणाधीन संसद भवनको उपलब्धिबारे तीन दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सोमवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शहरी विकास मन्त्रालयलाई निर्माणाधिन संसद भवनको उपलब्धि जानकारी गराउन निर्देशन दिएको हो ।

समितिको बैठकका निर्णयबारे जानकारी गराउँदै समिति सभापति ठाकुरप्रसाद गैरेले शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको बारेमा भइरहेको भौतिक प्रगति र सांसदहरुले उठाएका प्रश्नको कार्यान्वयनबारे जानकारी गराउन निर्देशन दिनुभयो । सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी निराशा पूर्वाधार क्षेत्रको विकासका कारणले उत्पन्न भएको छ । पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई नै विषयवस्तु बनाएर यसका जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक नै हुन्छ । शहरी विकास मन्त्रालयलाई तीन दिनभित्र संसद भवनको हामीले गरेका प्रश्नहरुको कार्यान्वयन के भएको छ ? भन्नेकुराको जानकारी दिन पत्राचार गर्ने ।’

सभापति गैरेले पूर्वाधारको विकासको कार्यान्वयनमा किन यत्ति धेरै समस्या भयो भन्ने विषयलाई विषयवस्तु बनाएर जानकारहरुसँग अन्तरक्रिया र छलफल गर्नसके उपलब्धिमुलक हुने जिकिर गर्नुभयो ।