२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबको ५५ दिनमा संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन



अ+ अ-

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जोडिएको देश भारतबाट आउने क्रम बढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रेसिङ सुस्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जोखिम बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले दैनिक झन्डै ३ हजार जनाभन्दा बढी व्यक्ति भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।

संक्रमितको संख्या बढ्दै गए ४० हजारमध्ये २ हजार जना गम्भीर प्रकृतिका हुन सक्ने आँकलन गरिएको छ । त्यसैलाई आधार मानेर स्वास्थ्य पूर्वाधारहरुको तयारीमा स्वास्थ्य मन्त्रालय जुटेको छ । हाल देशभर १ हजार भेन्टिलेटर, १ हजार ८ सय आईसीयू बेड स्थापना गरिएका छन् । स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीका अनुसार निजी अस्पताल, मेडिकल कलेजसँग बेड संख्या र लागत खर्चका बारेमा विवरण माग गरिएको छ । लागत खर्च सरकारले बेहोर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी छ ।

यस्तै, आगामी १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गर्ने गरी सरकारले योजना बनाएको छ । हाल दैनिक ६ हजार जनाको दैनिक पीसीआर परीक्षण गरिरहेको र निजी क्षेत्रबाट दैनिक ३ हजार जना बढीको परीक्षण गरिनेछ । विदेशबाट आएकाहरुको संख्या दिन प्रतिदिन बढेकाले स्वाबका नमुनाहरु होल्ड भएको हो । सरकारले आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गर्ने भएको छ । लक्षण नदेखिएका तर पोजेटिभ केस भएकालाई ती आइसोलेसन सेन्टरमा राखिने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइसोलेसनमा चिकित्सकको टिम राख्ने मन्त्रालयको योजना छ ।

संक्रमितसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङका लागि १ हजार ७५ वटा टिम परिचालन गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा टिममा तीन जना रहने गरी ३ हजार २ सय २५ जना कर्मचारीहरु खटाइने सरकारको योजना रहेको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार १ अर्ब ४ करोड खर्च भएको छ । १ अर्ब ४ करोड रुपैयाँ खर्च हुँदा १ हजार ४ सय १४ जना डिस्चार्ज भए भने ८ हजार २ सय ४७ जनामा पोजेटिभ केस देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले २ अर्ब ९३ करोड रुपैयाँ प्राप्त गरेको थियो । जसमध्ये १६ करोड प्रदेशका अस्पताल र प्रयोगशाला स्तरोन्नतिका लागि पठाइएको थियो । जसअन्तर्गत ९ करोड रुपैयाँ खर्च भएको छ । केही रकम भुक्तानी हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले जानकारी दिए । राजधानी दैनिक