३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

ङुइला नाका तीन महिनाका लागि खुल्ला



अ+ अ-

गोरखा । तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुल्ला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिनुभयो ।

वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो नाका एक महिनाका लागि खुलेको थियो ।

तिब्बती नाका खुल्ला भएसँगै हालसालै सङ्कलन गरिएको यार्सागुम्बा, वनलसुनलगायत जडीबुटी तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउन पाइने भन्दै स्थानीय खुशी भएका छन् ।

चुमनुब्री–१ स्थित रुइला नाका भने हाल खुल्ला गरिएको छैन ।