१७ असार २०८३, बुधबार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशै भर वर्षा, सतर्क रहन विभागको आग्रह



अ+ अ-

काठमाडौं । देशभरको मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। प्रदेश नम्बर एक देखि पाँच सम्मका अधिकांस स्थानको मौसम बदली भई पानी परिरहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुनी गतिविधी सक्रिय भएका कारण यी स्थानहरुमा दिउँसैसम्म पानी पर्ने बताएको छ । केही ठाउँमा भारी वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै सुदूरपश्चिम र पश्चिमी भेगको मौसम पनि विहानैदेखी बदली भएको बताएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी बायु पनि सक्रिय रहेको मौसम विभागले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ। उपत्यकामा बेलुकासम्मै पानी पर्ने बिभागले जनाएको छ । पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २३ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको छ।