१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले उठायो १ खर्ब ७५ अर्ब रूपैयाँ आन्तरिक ऋण



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७६/७७ मा उठाउनु पर्ने आन्तरिक ऋणमध्ये १ खर्ब ७५ रुपैयाँ उठाएको छ । ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र बैङ्कले जेठ मसान्तसम्म एक खर्ब ७५ अर्ब आन्तरिक ऋण उठाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ र विकास ऋण पत्र एक खर्ब रुपैयाँ उठेको हो । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा एक खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने बताए पनि यसलाई पछि संशोधन गरेर १९३ अर्ब बनाएको छ । आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका अनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋण उठाइरहेको छ ।

अब उठाउनु पर्ने करिब १८ अर्ब रुपैयाँ मध्ये १५ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत उठाउने प्रवक्ता भट्टले बताए ।

बाँकी रकम भने नागरिक बचतबाट उठाउने राष्ट्र बैंकले बताएको छ ।