१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी नै फोडेर महाकाली सन्धि गर्नेलाई नभन्ने, सीमाको रक्षा गर्ने मधेशीलाई राष्ट्रघाती भन्ने ?- राजेन्द्र महतो



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रत्येक मधेशी जनताले सेना भएर नेपाली भूमिको रक्षा गरेको छ भन्दै किन मेधेशीलाई राष्ट्रियताको पक्षमा बोल्दैन भनेको भनेर प्रश्न गरे ।  महाकाली सन्धी कसरी भयो ? पार्टी पनि फोडेर पारित कसले गर्यो ? ती राष्ट्रघाती होइनन् ? के मधेशीलाई राष्टघाती भन्ने ? उनको प्रश्न थियो । 
  
सबै नेपाली जनता आफ्नो भूमिप्रति सजग र सम्वेदनशिल छ भन्ने कुरा सबैलाई थाहा छ । यो कुरा व्यवहारले पनि देखाउन सक्नुपर्छ । राष्ट्रियताको सवालमा एकलौटी होइन बरु यसले त सबै नेपालीलाई समेट्छ उनले भने । 

आज संसदमा सम्बोधन गर्दै उनले भने कता कता राष्ट्रियताको विषयमा मधेशीले पनि मत दिन्छ र ? तर यो विभेदकारी भनाई हो । यसले राष्ट्रियताको सवालमा के मधेशी, के पहाडी र के हिमाली ? हाम्रो पनि देश हो, हामीलाई पनि देशको माया छ । 

उनले यो नक्साको विषमया मधेश केन्द्रित दलहरुले पनि प्रधानमन्त्री र सत्तारुढ दललाई पनि एकमत दिएकै हो । यसैबेला हामीले यो संविधानका प्रतिको असन्तुष्टि त राख्न पाउनुपर्यो नि । त्यसैले आफ्ना एजेण्डाहरुलाई समेट्नका लागि हामीले पनि अर्को विधेयक ल्याएका हौँ । 

उनले जनता समाजवादी पार्टीले वर्तमान संविधानप्रति अनेकन असहमतिका बाबजुत सहर्ष समर्थन गरेको बताए । आफ्नो देशको भूमिका लागि हामी पनि संवेदनशिल छौँ उनले भने ।