२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकेनले कम्बोडियाको लिग खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लकेन लिम्बूले कम्बोडियाको शीर्ष डिभिजनको प्रतियोगिता खेल्ने भएका छन् ।

उनलाई सो प्रतियोगिताका लागि किरिभोङ सोक सेन चे एफसीले अनुबन्धित गरेको हो ।

कम्बोडियन प्रिमियर लिगको नयाँ सिजन आगामी अगस्टदेखि सुरु हुँदैछ, जसमा ११ क्लब सहभागी हुने छन् ।

२२ वर्षीय लकेनले भारतको दिल्ली एफसीबाट इण्डियन लिगसमेत खेलिसकेका छन् ।

नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीको कप्तानी सम्हालिसकेका लकेनले थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिग पनि खेलिसकेका छन् ।

पछिल्लो दुई वर्षदेखि नियमित राष्ट्रिय टिममा पर्दै आएका उनी हालका उत्कृष्ट मिडफिल्डरमध्ये एक हुन् ।