२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकवि थापाले सुरु गर्नुभएको ऋतु पत्रिका ‘डाँफेचरी’को पुनःप्रकाशन



अ+ अ-

काठमाडौँ: विसं २०१० मा जनकवि केशरी धर्मराज थापाले प्रकाशन सुरु गर्नुभएको अनुसन्धानमूलक लोक साहित्य, संस्कृति प्रधान ऋतु पत्रिका ‘डाँफेचरी’ को पुनःप्रकाशन सुरु भएको छ ।

थापाको १०१औँ जन्मजयन्तीका अवसरमा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पत्रिका सार्वजनिक गरिएको हो । पत्रिका लोकार्पण एवं ‘सम्झनामा धर्मराज थापा’ साङ्गीतिक समारोहमा प्रा डा चूडामणि बन्धु, प्रा डा दयाराम श्रेष्ठ ‘सम्भव’, संस्कृतीविद् डा जगमान गुरुङ, प्रा रमा शर्मा, पूर्वमन्त्री राधाकृष्ण मैनाली, रतन भण्डारीलगायतका अतिथिहरुले सामूहिक रुपमा सार्वजनिक गर्नुभयो । सो अवसरमा उहाँहरुले धर्मराज थापाको गायन एवं साहित्यक योगदानका बारेमा चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले सबै नेपालीको हृदयमा बस्न सफल जनकवि धर्मराज थापाको जीवनका झझल्कोलाई समेटेर पत्रिकाको पुनःप्रकाशन गरिएको बताउनुभयो । उहाँले थापाको काव्य र सङ्गीत आज पनि नेपाल र नेपालीको आत्मा र संस्कृतिभित्र जिउँदो रहेको बताउँदै उहाँका सिर्जनालाई राज्यका तर्फबाट खोज तथा अनुसन्धान र संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा वरिष्ठ कलाकारहरु प्रेमराजा महत, विकासजङ्ग राणा, सीता श्रेष्ठ र सन्देश श्रेष्ठले जनकवि केशरी थापाका गीतसहित आआफ्ना सृजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

किशोर अवस्थादेखि नै कविता, दोहोरी भजन र मौलिक गीतमा रुचि राख्नुहुने धर्मराज थापा नेपाली गीतसङ्गीतको आधिकारिक आवाज हुनुहुन्थ्यो । ‘घर मेरो टाढा’, ‘कोही न हाँस्ने कोही न रुने’, ‘माथि माथि सैलुङ्गे डाँडा’, ‘आज मादल बजेको किन’, ‘धुरुधुरु नरोउ आमा’, ‘हाम्रो तेञ्जीन शेर्पाले’, ‘नेपालीलाई लैजाने हो नयाँ नौलो बाटो’, ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’जस्ता अमर कालजयी गीतहरू गाएर नेपाली जनताको हृदयमा अमिट छाप छोड्नुभएको छ ।

उहाँको पहिलो रेकर्ड भएको गीत ‘माथि माथि सैलुङ्गे डाँडा’ थियो । उहाँँको जन्म १९८१ साउन १ गते कास्की जिल्लाको बाटुलेचौरमा भएको थियो भने निधन २०७१ असोज २९ गते काठमाडौँमा भएको थियो । रासस




भर्खरै