१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।

अहिले सम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।

देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा ४ हजार ३ सय ३ जना, प्रदेश २ मा २१ हजार ९२ जना, बागमती प्रदेशमा ३ हजार ५ सय १३, गण्डकी प्रदेशमा ५ हजार ३ सय ९८, प्रदेश ५ मा ४१ ह्जार २ सय १७, कर्णाली प्रदेशमा ३२ हजार २ सय ६५ जना र सुदूरपस्चिम प्रदेशमा ६० हजार २ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको छ । प्रदेश १ मा १ सय ७० जना, प्रदेश २ मा ९ सय ४३ जना, बागमती प्रदेशमा ५५ जना, गण्डकी प्रदेशमा ७० जना, प्रदेश ५ मा ९ सय ६१ ज्ना, कर्णाली प्रदेशमा ५ सय ६७ जना र सुदूरपस्चिम प्रदेशमा ९१ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।