२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरालाई निषेध गर्नु नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफ्नो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने प्रवृत्ति राम्रो नभएको बताउनु भयो । उहाँलै कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियता अहिले जरुरी भएको बताउनु भयो । उहाँले आज कम्युनिष्टहरु धेरै समूहमा विभाजित रहेको भन्दै विभाजित भएका समूहहरु एक आपसमा छलफल गरेर एउटै हुन जरुरी रहेको बताउनु भयो । अलग अलग पसल थापेर बस्नु राम्रो नभएकाले एउटै हुनेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीका नेताहरुको सक्रियता चाहिएको छ । आज कम्युनिष्ट पार्टी थुप्रै समूहमा विभाजित छ । यि विभाजित भएका समूहहरु पनि आपसमा बसेर छलफल गर्ने हो भने धेरै विषयको निरुपण गर्न सकिन्छ । धेरै समस्या समाधान गर्न सकिन्छ । त्यसो हुनाले अलग अलग पसल थापेर बस्नु राम्रो होइन । त्यसको निम्ति हामी गम्भीर बनौँ । र अघि बढाँै । कम्युनिष्ट आन्दोलनमा के रोग छ, त्यसको पहिचान गरौँ । सबैभन्दा ठूलो रोग भनेको व्यक्तिवादको प्रवृत्ति हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव हो । सानो छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ । कोही मान्छे पार्टीमा आउँदा मेरो नेतृत्व खोसिएला भन्ने डरले प्रवेश निषेध गरिने खालका प्रवृत्तिहरु अहिले पनि व्याप्त छन् । यो सबैलाई पनि भनेको होइन फेरि पर्ला । कुनै खासको नाम लिएर भन्न चाहन्न । मम मात्रै गर्ने हो ।’

अध्यक्ष नेपालले पार्टीमा जति धेरै मानिसहरु जम्मा हुन्छन्, जति धेरैको सक्रियता जनाउन सकिन्छ त्यसले आन्दोलनमा फाइदा गर्ने बताउनु भयो ।