२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रिस्टाइल किक बक्सिङबारे चारदिने ‘सेमिनार’ हुने



अ+ अ-

काठमाडौँ। नेपाल किक बक्सिङ एसोसिएसन (डब्लुएफकेओ) ले फ्रिस्टाइल किक बक्सिङको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप चारदिने रेफ्री र प्रशिक्षक ‘सेमिनार’ आयोजना गर्ने भएको छ ।

विश्व फ्रिस्टाइल किक बक्सिङ अर्गनाइजेसन (डब्लुएफकेओ) का अध्यक्ष ब्रायन डब्लु बेकको प्रमुख आतिथ्यतामा किक बक्सिङ एसोसिएसनले उक्त सेमिनार गर्न लागेको हो ।

कार्यक्रम यही साउन १७ देखि २० गतेसम्म काठमाडौँको जडीबुटीस्थित फाइट क्लब नेपालमा हुनेछ । सोही अवसरमा ब्ल्याक बेस्ट ग्रेडिङ पनि हुने एसोसिएसनकी महासचिव विन्दा नेपालीले जानकारी दिनुभयो ।

फ्रिस्टाइल किक बक्सिङ चुनौतीपूर्ण र रोचक खेलका रूपमा चिनिन्छ । यस खेलको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यसहित सेमिनार आयोजना गर्न लागिएको एसोसिएसनका अध्यक्ष देवराज श्रेष्ठले बताउनुभयो ।

सेमिनारमा करिब २० जना किक बक्सर सहभागी हुनेछन् । एसियन किक बक्सिङको स्वर्ण विजेतासमेत रहनुभएकी विन्दाले यस विधाको किक बक्सिङले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्ने बताउनुभयो । मुक्का, खुट्टा र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको उहाँले बताउनुभयो ।