४ असार २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ? भारतीय नयाँ एसओपीका कारण नेपाली चिया निर्यात संकटमा, समाधानका लागि सरकारसँग महासंघको आग्रह रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो चितवनमा हुने रास्वपा महाधिवेशनमा को–को सहभागी हुन पाउने ? यस्तो छ मापदण्ड उदयपुरमा खोलामा डुबेर किशोरीको मृत्यु विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण बैठक जारी रास्वपा केन्द्रीय सचिवालय बैठक सुरु भैँसी र बाख्रा पाल्ने कैलालीका किसानलाई अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध



अ+ अ-

गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ । त्यसैगरी, आज बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

पाल्पा–बुटवल खण्ड अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खसेको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहितको पहिरो खसेकाले सोमबार साँझदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले बताउनुभयो । तिनाउ गाउँपालिका–३ दोभान प्रहरीचौकी नजिक पहिरो खसेको छ । निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

सोमबार पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट गुडेका सवारीसाधन बाटोमै थन्किएका छन् । विभिन्न ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।