४ असार २०८३, बिहीबार
,
Latest
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन प्रतिपक्षको आवाजलाई बेवास्ता नगर्न सरकारलाई नेकपाको चेतावनी परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ? भारतीय नयाँ एसओपीका कारण नेपाली चिया निर्यात संकटमा, समाधानका लागि सरकारसँग महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्रीको चीन भ्रमणः यी दुई चिनियाँ सन्देशको कूटनीतिक अर्थ के ?



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र चीनको चार दिने औपचारिक भ्रमण सकेर गरी बुधबार राति स्वदेश फर्किएका छन् । चिनियाँ विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल आइतबार चीनको राजधानी बेइजिङ पुगेका थिए ।

यस भ्रमणका क्रममा उनले गएको सोमबार नै विदेश मन्त्री वाङलाई भेटेका हुन् । दुई देशका वरिष्ठ कूटनीतिज्ञबीच सोमबार नै द्विपक्षीय वार्ता भएको थियो । त्यस वार्ताका अवसरमा दुबै देशका प्रतिनिधिमण्डल पनि सहभागी थिए । अधिकारीहरुका अनुसार यस पटकको भ्रमणमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका कैयौँ पक्षहरूमा गहन छलफल भएको थियो । साथै यो भ्रमणको यस पटकको छलफल उपलब्धिमूलक भएको पनि जनाइएको छ ।

भ्रमणपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको थियो । नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ ।

चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहो¥याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ ।’

हिजोका पछिल्ला दिनहरुमा दुई देशबीचको सम्बन्धमा सदैव आइरहने एउटा विषय बिआरआई पनि हो । यसले खासमा भन्नुपर्दा गएको करिब दुई दशकयता यी दुई देशको सम्बन्धमा राजनीतिक ध्रुवीकरण समेत गराएको थियो । विआरआई समर्थकहरूले यसलाई विकासको अवसर भनेका छन् भने आलोचकहरूले ऋणको बोझ । वास्तविकता त यो चिनियाँ सहयोग परियोजना नै हो । तर, यसैगरी मन्त्री खनालले चीनसँग आफ्ना कुरा राखे कि राखेनन् त ? त्यस विषयमा मन्त्रीकै तर्फबाट कुनै ठोस कुरा भने आएको छैन ।

चीनले यस पटक भने घोषणा गरेका परियोजना किन कार्यान्वयन भएनन् ? बिआरआईका धेरै पहल किन कागजमै सीमित रहे ? भन्ने विषयमा चासो राखेको पाइएको छ । यो विषयको जानकारी मन्त्री खनालले पनि सार्वजनिक रुपमा नै गराएका पनि छन् ।

परराष्ट्रमन्त्री खनालले चीनबाट बिआरआईप्रतिको दृष्टिकोण पनि सार्वजनिक गरेका त छन्, तर परियोजना कार्यान्वयन हुन नसक्नाका कारण भने दिएका छैनन् । साथै कहिलेसम्म कति र कुन हदसम्म परियोजना कार्यान्वयन हुन्छ भन्ने बारेमा पनि उनले कुनै सुनिश्चितता चीनलाई दिन नसकेको पाइएको कूटनीतिज्ञहरुको भनाई छ ।

खासमा अहिलेको कूटनीतिको रुपमा हेरिनुपर्ने विषय यो हो कि पहिले नेपालको मामिलामा चीन सदैव मौन नै रहँदै आएको हो । नेपालमात्र नभएर चीन प्रायः मौन कूटनीतिको पर्याय हो भन्दा पनि हुन्छ । तर पनि अहिले भने चीन यो मान्यता र व्यवहारबाट धेरै अघि बढिसकेको अवस्था छ । चीन अहिले न चिसो कूटनीतिमा छ र नत मौन नै छ । यो त बरु धेरै प्रोएक्टिभ भएको छ र चिनियाँ कूटनीति भोकल भएर अघि बढिरहेको देखिएको छ ।

यसले नेपालमाथि अवसरसँगै दबाब पनि बढाएको छ । त्यसैले नेपालले यसलाई दबाबका रुपमा लिन सक्नुपर्छ । यसले नेपाललाई कालान्तरमा भने कूटनीतिक अवसर नै प्रदान गर्ने देखिन्छ । अबका दिनमा नेपाल चीनको यो संकेत र आसय बुझेर अघि बढ्नुपर्दछ । यसले नेपाललाई कालान्तरमा भने कूटनीतिक अवसर नै प्रदान गर्ने देखिन्छ ।

यही सन्देश चिनियाँ विदेशमन्त्रीले पनि यस पटक स्पष्ट रुपमा दिएका छन् । उनले यस पटक नेपालका परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा दिएका दुई अभिव्यक्तिको आसयलाई नेपालले बुझेर अघि बढ्न सकेन भने यसबाट छिमेक सम्बन्ध निकै असन्तुलित हुन जाने देखिएको छ । यसलाई बुझेर मात्र होइन कि मनन् गरेर अघि बढ्न सक्यो भने मात्र नेपालको कूटनीतिक परिपक्वता देखिन सक्दछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खनालसँगको भेट लगत्तै विज्ञप्तिमार्फत् भनेका थिए कि टाढाको सम्बन्ध भन्दा नजिकको छिमेकी काम लाग्दछ । उनले भन्न खोजेको टाढाको सम्बन्ध नेपालले कोसँग के कसरी गरिरहेको हो भन्ने विषयमा त यहाँ उल्लेख गरिरहनु पर्दैन । किनभने कतिपय कस्टनीतिक कुरा भनेर या लेखेर भन्दा पनि बुझ्दा मात्र पनि काम लाग्दछ ।

उनको आसय भनेको चीन छिमेकी देश हो र नेपालले जतिकोष पर पुगेर आफ्नो सम्बन्ध या कूटनीति गर्न चाहे पनि त्यो भन्दा फलदायी त छिमेकीसँगको हुन्छ भन्ने नै हो । यसलाई नेपालले यसैगरी बुझ्न सक्दा राम्रो हुनेछ । माथि नै भनियो कि नेपाल बोलेर नभएर मौन कूटनीतिलाई नै बढी रुचाउँछ । तर, यस पटक यति स्पष्ट भाषामा बोल्यो कि त्यसलाई बुझिन भन्न मिल्ने अवस्था पनि छैन ।

त्यसैगरी चीनले नेपालमा सञ्चालनमा रहेका चिनियाँ योजना आयोजनाहरुको सुरक्षाको पनि प्रत्याभूति खोजेको छ । यो पनि चिनियाँ पक्षबाट आएको सामान्य आसय या प्रतिक्रिया होइन । यसरी लिखित रुपमै अर्थात् विदेश मन्त्रालयले विज्ञप्ति नै प्रकाशन गरेर नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको सुरक्षाको माग यसअघि चीनले विरलै मात्र माग गरेको छ । यसलाई नेपालको वर्तमान सरकारले, चीन भ्रमणबाट फर्किएका विदेशमन्त्रीले के कसरी लिएका छन् भन्ने बारेमा आगामी दिनमा हेर्न बाँकी छ ।

तर चीनको यो आसय र चासो बमोजिमको कूटनीतिक सन्तुलन आगामी दिनमा कायम हुन सकेन भने यसले दुर्घटना निम्त्याउने खतरा रहन्छ नै । यसलाई हालैमात्र उत्तर र दक्षिणी छिमेकीको भ्रमण गरेर आएका परराष्ट्र मन्त्रीले नै मनन् गरेर अघि बढ्नु पर्दछ । अनि, उहाँले दुवै छिमेकको भ्रमण पछि प्राप्त गरेको सन्देशलाई वर्तमान सरकारका प्रधानमन्त्री वालेन्द्र शाहलाई के कसरी बिफ्रिङ गर्नुभएको छ त्यसमा पनि भर पर्दछ ।