४ असार २०८३, बिहीबार
,
Latest
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो



अ+ अ-

काठमाडौं । सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ । उक्त पुल बनेपछि त्यस क्षेत्रमा अब बाह्रै महिना सवारीसाधनको पहुँच सुनिश्चित भएको छ ।

गण्डकी प्रदेश सरकारको लगानीमा २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको त्यो पुल निर्माण भएको हो । पुलले काठेखोला गाउँपालिका–२ भिमापोखरा र वडा नम्बर ४ तंग्राम जोडेको छ । प्रदेश सरकारको रु तीन करोड ६२ लाख २२ हजार लागतमा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर दीपेश रिगलले जानकारी दिनुभयो ।

विसं २०८० कात्तिकमा सम्झौता गरी निर्माण सुरु गरिएको उक्त पुल एक महिनाअघि सम्पन्न भएपछि सञ्चालनमा आएको इन्जिनियर रिगल बताउनुहुन्छ ।

पुल सञ्चालनमा आएसँगै काठेखोला गाउँपालिका–२ भिमपोखरा, वडा नम्बर ३ धम्जा, वडा नम्बर ४ तङ्ग्राम, म्याग्दीको भम्किले र ताराखोला गाउँपालिका सल्ने सवारीसाधन बाह्रै महिना सञ्चालन हुने गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।

त्यहाँ पक्की पुल नहँुदा बर्खाको चार महिना जिल्ला सदरमुकाम बागलुङ आउजाउन गर्न निकै समस्या थियो । उपाध्यक्ष थापाले भन्नुभयो, “यो एउटा पुल हजारौँ नागरिकको यात्रालाई सहज बनाइ दिएको छ, जब बर्खा लाग्थ्यो, तब सडकनै ठप्प हुन्थ्यो, अहिले त्यो समस्या समाधान भएको छ, अब बाह्रै महिना सवारीसाधन चल्ने छन् ।”

बर्खामा सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारी र फलफूल बजार पठाउन मात्र नभई स्थानीयलाई यात्रा गर्न र सामान ढुवानीमा पनि उस्तै कठिनाइ थियो ।