२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको समयमा इन्डियाले मानवता, नियम र सहमति पालना गरेको छैन : डा. रवीन्द्र पाण्डे



अ+ अ-

कोरोना संक्रमणको सबैभन्दा ठूलो उपचार मानवता र प्रेम हो | इण्डियाले मानवता, प्रेम, WHO को मार्गदर्शन तथा २ देशका प्रधानमन्त्रीबीच भएको सहमति बिपरित नेपालीलाई असुरक्षित ढंगले सिमानामा ल्याएर अलपत्र गर्ने गरिरहेको छ । आफ्नो देशका उद्योगदेखि धेरै क्षेत्रमा सेवा दिइरहेका नेपालीलाई अमानवीय ब्यबहार गर्दा कुन नेपालीको मन दुख्दैन ?

  • अन्तराष्ट्रिय अभ्यास तथा नियम अनुसार महामारी चलेको बेलामा जुन देशका नागरिक भएपनि उनीहरुलाई गास, बास, स्वास्थ्य र सुरक्षाको ब्यबस्था गर्नु सबै देशको कर्तब्य हुन्छ । हाम्रो देश र अर्को देशको भनेर भेदभाव गर्न पाइंदैन ।
  • नेपाल र इण्डियाका प्रधानमन्त्रीबीच यस्तो सहमति भएको थियो – नेपालमा रहेका इन्डियनको कोरोना परिक्षण, क्वारेन्टाइन, पोजिटिभलाई उपचार तथा बसोबासको ब्यबस्था नेपालले मिलाउने तथा इण्डियामा रहेका नेपालीहरुको सोहि ब्यबस्था इण्डियाले गर्ने ।
  • त्यहि भएर नेपालले सुरुमा विरगंज, उदयपुर लगायतका ठाउँमा रहेका इन्डियन जमातीलाई नेपालले यहीं उपचार गर्ने र इण्डिया छिर्न नदिने काम गरेको थियो र अहिले पनि गरिरहेको छ । तर भारतले लाखभन्दा धेरै नेपालीलाई अमानविय र असुरक्षित ढंगले नेपाल पठाइरहेको छ । यता आउने सबै नेपालीलाई क्वारेन्टाइनमा राखेर, परिक्षण गरेर तथा संक्रमित भएर उपचार गरेर नेपाल पठाएको भए हाम्रो चित्त दुख्ने थिएन । संसारका बिभिन्न मुलुकमा नेपालीहरु कार्यरत छन् । उनीहरुलाई त्यहाँको सरकारले परिक्षण, उपचार तथा सुरक्षाको वातावरण प्रदान गरेको छ । यो तथ्य इण्डियाले बुझ्नु जरुरी छ ।
  • इन्डियाले अमानवीय ब्यबहार गरेपनि हामी नेपालीले मानवता र प्रेमलाई छोड्नु हुँदैन । हामीले यहाँ भएका इन्डियनलाई क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने, उपचार गर्ने र जीविकाको ब्यबस्था गर्ने काम गर्नुपर्छ ।
  • त्यस्तै भारतबाट नेपालको सिमानामा आएका सबै नेपालीलाई नेपाल ल्याएर, सुबिधासम्पन्न क्वारेन्टाइनमा राखेर, सबैको परिक्षण गरेर, संक्रमितलाई आइसोलेसनमा राखेर तथा उपचार गरेर आफ्नो थातथलोमा पुर्याउने ब्यबस्था गर्नुपछ | स्थानीय निकायले नागरिकलाई आफ्नो घर जाने र बस्ने अधिकार कुण्ठित गर्नु हुँदैन । उहाँहरुलाई नियमपूर्वक क्वारेन्टाइनमा राखेर, परिक्षण गरेर, आबश्यक परे उपचार गरेर समाजमा स्थापित गर्नु जरुरी छ ।
  • फ्लाइट खुलेपछि अरब लगायत बिभिन्न देशमा रोजगारी गुमाएका तथा कठिन अवस्थामा रहेका नेपालीलाई उद्दार गर्ने योजना अहिले नै बनाउनु पर्छ । उहाँहरुको आर्थिक अवस्था अनुसार होटेल, लज, स्कुल, क्याम्पस, सार्वजनिक भवन तथा अस्थायी क्वारेन्टाइन केन्द्रमा राख्ने, परिक्षण गर्ने, संक्रमितलाई उपचार गर्ने र आफ्नो थातथलोमा स्थापित गर्ने पूर्वतयारी गर्नुपर्दछ ।
  • हाम्रा नीजि अस्पतालले यो महामारीमा अमानविय हर्कत गरिरहेका छन् । ज्वरो, खोकी लागेका, संक्रमित ठाउँबाट आएका तथा शंकास्पद व्यक्तिलाई उपचार नगर्ने, गेटबाट नै फर्काउने, आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई कोरोना संक्रमण पोजिटिभ देखिएमा सरकारी अस्पतालमा पठाउने, कोरोना संक्रमणको उपचार गर्छौं भन्ने तर चुनाबका बुथजस्ता काम नलाग्ने आइसोलेसन वार्ड बनाएर झारा टार्ने / त्यहाँ बिरामी नराख्ने लगायत धेरै अमानविय काम गरिरहेका छन् । उनीहरुको यहि रबैया रहेमा सरकारले नीजी अस्पताल २ बर्षको लागि टेक ओभर गर्ने वा राष्ट्रियकरण गर्ने काम गर्नुपर्छ । संकटको बेला पैसा मात्र छाप्न खोज्ने अस्पताल मुलुकलाई आबश्यक छैन ।




भर्खरै