१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा



अ+ अ-

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षाकोठा भवनलगायत पूर्वाधार पहिरोले बगाएको छ ।

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरू भएको पहिरो करिब ६०० मिटर माथि रहेको विद्यालयसम्म पुगेको हो । धाँजा फाटेर चिराचिरा परेको जमिन निरन्तर बगिरहेको छ ।

पुरानो भवन पहिरोको जोखिममा परेपछि करिब २०० मिटरमाथि किमबोटमा अस्थायी भवन बनाएर शैक्षिकसत्र २०८२ देखि पठनपाठन सञ्चालन गरिएको थियो ।

हाल विद्यालय सञ्चालन भएको पाखोमा पनि जमिन धाँजा फाटेर चिरा पर्न र बग्न थालेपछि जोखिम बढेको प्रअ नवीन कार्कीले बताउनुभयो । “स्थापनाकालदेखि विद्यालय सञ्चालन हुँदै आएको ठाउँमा पहिरो आएपछि गत वैशाख महिनादेखि नयाँ ठाउँमा विद्यालय सारेका थियौँ”, उहाँले भन्नुभयो, “केही दिनदेखिको निरन्तरको झरीसँगै पुरानो भवन, घेराबार, खेलमैदान बगाउनुका साथै हाल विद्यालय सञ्चालन गरिएको ठाउँसम्म जमिन चर्किएको छ ।”

पहिरो रोकथामका लागि स्थानीयवासी र विद्यालयले त्रिपालले छोपेर राखेका छन् । विद्यालय स्थानान्तरण गरेपछि खाली भएको भवनमा शिक्षकले आवासका रूपमा प्रयोग गर्दै आएका थिए । चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्किएपछि ढल्ने अवस्थामा छन् । ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको प्रअ कार्कीले बताउनुभयो ।

किमबोटमा आव २०८१/८२ मा मालिका गाउँपालिकाको रु २० लाख अनुदानमा अस्थायी कच्ची भवन बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । तेह्र कोठे नयाँ भवन नजिकै पनि पहिरोले जमिन धाँजा फाटेर चिरा, चिरा पर्न थालेकाले जोखिम बढेको प्रअ कार्कीले बताउनुभयो ।

विसं २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल २०० जना विद्यार्थी छन् । ओखरबोट गाउँभित्र भवन बनाउन विसं २०८० मङ्सिरमा अमिक शेरचनका १० दाजुभाइले नौ रोपनी, तीन आना, तीन दाम, दुई पैसा क्षेत्रफल जग्गा उपलब्ध गराउनुभएको थियो ।

ओखरबोट पूर्वउपप्रधानमन्त्री एवं गण्डकी र लुम्बिनीका पूर्वप्रदेश प्रमुख शेरचनको जन्मथलो हो । शेरचन दाजुभाइले सरकारीको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराए पनि बजेट र योजनाको अभावमा उक्त जग्गामा भवन निर्माण हुन नसकेको प्रअ कार्कीले बताउनुभयो । रासस