१६ असार २०८३, मंगलवार
,
Latest
लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रति भारतीय दुष्प्रचारको राप्रपा युवा संगठनद्वारा भत्सर्ना



अ+ अ-

काठमाडौं । राप्रपा युवा संगठनले नेपालको अखण्डता विरुद्धको भारतीय मिडियाले गरेको दुष्प्रचारको घोर भत्सर्ना गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय सुरक्षाको लागि लड्न र प्रतिकार गर्न संगठन सधैं तयार रहेको र सरकारलाई भारतीयको दबाबमा नझुक्न आग्रह गरेको छ । 

संगठनले भारतीय अतिक्रमण विरुद्ध राष्ट्रियताको पक्षमा लड्न सदा सर्वदा सम्पुर्ण राष्ट्रवादी युवाहरू तत्पर रहेको समेत बताएको छ ।

संगठनले संकटको बेला स्वास्थ्य समाग्री खरिदमा भएको ढिलासुस्ती, अक्षम्य आर्थिक अनियमितता र चलखेलले जनताप्रति सरकार विश्वास गुमेको ठहर गरेको छ ।

राप्रपा युवा संगठनले भाइरसको संक्रमणबाट हुन सक्ने महामारीको क्षतिलाई रोक्न स्वास्थ्य संस्थामा आवश्यक PPE (Personal Protective Equipment), Test Kit, Oxygen Generating Apparatus र Ventilatorको पनि पर्याप्त रूपमा प्रबन्ध गर्न र सरकारले पर्याप्त मात्रमा देशैभरि quarantine, Isolation Ward विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार तयार गर्न समेत भनेको छ । 

त्यस्तै संगठनले सरकारले संसदिय विकास कोष, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरुको सुविधा कटौती गरि राहत कोष वृद्धि गर्न र आवश्यकता अनुसार जनतालाई राहत वितरण गर्न समेत संगठन माग गरेको छ ।

संगठनले नेपाल सरकारले भारतद्वारा विगत ६ दशकदेखि अतिक्रमण गरेको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भुभागलाई समेटेर नयाँ राजनीति र प्रशासनिक नक्सा जारी गरेकोप्रति यस संगठन स्वागत समेत गरेको छ ।