१६ असार २०८३, मंगलवार
,
Latest
विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार लोकतन्त्र पक्षधर शक्तिबीच संयुक्त संघर्षको आह्वान, पार्टी एकताको सम्भावना नरहेको ओलीको भनाइ वर्षायाम लक्षित तयारी: मुग्लिन–नारायणगढ र कालिगण्डकी करिडोरमा पहिरो पन्छाउन भारी उपकरण तैनाथ विद्यार्थी सङ्गठनका संरचना हटाउने पत्रप्रति स्ववियू सभापतिहरूको आपत्ति, विश्वविद्यालयको स्वायत्तता जोगाउन माग भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त लायन्स क्लब अफ विराटनगरको अध्यक्षमा चाँद ईराकी चयन भन्सार विभागको नेतृत्व फेरियो, भरतमणि पाण्डे बने निमित्त महानिर्देशक सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा



अ+ अ-

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा मंगलबार दिउँसो मधेस प्रदेशबाहेक सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिउँसो १:०५ बजे जारी गरेको सूचनाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको हो। मधेस प्रदेशमा भने तत्काल वर्षा नदेखिएको महाशाखाले जनाएको छ।

पछिल्लो २४ घण्टाको वर्षा विवरणअनुसार सबैभन्दा धेरै वर्षा कञ्चनपुरको हनुमान नगरमा मापन गरिएको छ। त्यहाँ १४७.४ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकले देखाएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा भए त्यसलाई ‘धेरै भारी वर्षा’को श्रेणीमा राखिन्छ। यस किसिमको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्ने, डुबान, बाढी र पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।




भर्खरै