१६ असार २०८३, मंगलवार
,
Latest
नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन



अ+ अ-

काठमाडाैँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर प्रयास भइरहेको स्पष्ट पारेको छ ।

मनसुनको समयमा विद्युत् प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्तिसहित प्राविधिक उपकरण पूर्वतयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिमा भइरहेको असन्तुलनका बारेमा सेवाग्राहीलाई समयमै सूचना उपलब्ध गराउन तथा विद्युत् अवरोध (नो–लाइट) सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झन्डै एक हजार कर्मचारी परिचालन गरिएको बताउनुभयो ।

गर्मी, हावाहुरी, वर्षाका कारण बेलाबेलामा विद्युत् आपूर्तिमा असन्तुलन तथा अवरोध सिर्जना हुँदै आएको छ । जीर्ण ट्रान्सफर्मरको प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानलको स्तरोन्नति लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । गर्मीको समयमा पङ्खा, एसी, फ्रिजलगायत उपकरणको एकैसाथ बढ्दो प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जसमेत हुँदा विद्युत्को माग बढ्न जान्छ ।

मन्त्रालयले सेवाग्राहीलाई तत्काल सूचना उपलब्ध गराइ गुनासो समाधान गर्न नो–लाइट एकाइ, सवस्टेशन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीलाई आवश्यक परिपत्र जारी गरिसकेको छ ।

सम्बन्धित निकायबाट आवश्यक जानकारी वा गुनासोको सुनुवाइ नभएमा सेवाग्राहीले मन्त्रालयको हटलाइन नम्बर ११५१ मा आफ्नो विवरणसहित जानकारी उपलब्ध गराउन अनुरोध गरिएको छ । सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्न कर्मचारीमाथि प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।