१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको हस्तक्षेपका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट निलम्बनको अवस्थामा पुगेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा एमालेनिकट नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खेलकुद क्षेत्रमा राजनीतिक तथा सरकारी हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले एन्फामाथि लागेको प्रतिबन्धलाई आधार बनाएर खेलकुद क्षेत्रको मनोबल कमजोर पार्ने काम नगर्न आग्रह गरे।

उनले खेलकुद क्षेत्रको विकासका लागि संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै टुप्पोमा मात्र परिवर्तन गरेर नहुने, जरैदेखि सुधार गर्नुपर्ने बताए। एन्फालाई प्रतिबन्धको अवस्थाबाट बाहिर ल्याई नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

ओलीले खेलकुदमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउन सकिने उल्लेख गर्दै खेलकुद महासंघले त्यस दिशामा प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। सरकारले पनि खेलकुद पूर्वाधार निर्माण, खेलाडीको क्षमता विकास र समग्र खेल क्षेत्रको उन्नतिमा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।

उनले आफ्नो नेतृत्वको तत्कालीन सरकारले खेलकुद क्षेत्रको विकासका लागि महत्त्वपूर्ण काम गरेको दाबी गर्दै त्यसलाई थप प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।