१६ असार २०८३, मंगलवार
,
Latest
नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ बुधबार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम बुधबार हुने भएको छ।

पार्टीका अनुसार शपथग्रहण कार्यक्रम बिहान ११ बजे काठमाडौँको वनस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। शपथपछि नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पनि बस्ने कार्यसूची रहेको छ।

चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचित भएका थिए। निर्वाचन परिणाम सार्वजनिक भएकै दिन सभापति रवि लामिछानेले भरतपुरमै पद तथा गोपनीयताको शपथ लिएका थिए।

बुधबार हुने कार्यक्रममा अन्य नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्।