२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध



फाईल फोटो
अ+ अ-

काठमाडौँ । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ–बलेवा खण्डको कालाखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

चट्टानसहितको भीषण पहिरोले बागलुङ बजारलाई दक्षिणी क्षेत्रसँग जोड्ने बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको हो ।

करिडोर अवरुद्ध हुँदा बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम चल्ने सबै सवारीसधान चल्न सकेका छैनन् भने सोही बाटो हुँदै उत्तर मुस्ताङसम्म चल्ने सवारी साधन बाटोमा रोकिएका प्रहरीले जनाएको छ । भैरहवाबाट सामान बोकेर आएका मालबहाक ट्रक पनि कालाखोलामा रोकिएका छन् ।

निरन्तर पहिरो झरिरहेकाले सडक खुलाउन कठिन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख गङ्गाराम विकले जानकारी दिनुभयो ।