२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध ९६ लाखभन्दा बढी बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डप, काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार यादवले आफ्नो सेवाकाल २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको अवधिमा रु. २,६८,१८,९००।७२ मात्र वैध आय देखिएको छ। सोही अवधिमा उनले घर-जग्गा खरिद, निर्माण खर्च, शेयर खरिद, शैक्षिक तथा बीमा प्रिमियम भुक्तानी लगायतका शीर्षकमा कुल रु. ३,६५,०४,४५३।९१ खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ। यसरी यादवको खर्च तथा लगानी स्रोतभन्दा रु. ९६,८५,५५३।१९ बढी रहेको र सोको वैधानिक स्रोत प्रमाणित गर्न नसकेको आयोगको भनाइ छ।

आयोगले यादवले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको र अमिल्दो, अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको जनाएको छ। सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद सजाय र बिगो बराबर जरिवाना माग गरिएको छ। साथै, गैरकानूनी सम्पत्ति ऐन बमोजिम जफत गर्न माग गरिएको छ।

आयोगले यादवले आर्जन गरेको केही सम्पत्ति उनकी पत्नी आशा कुमारी यादवको नाममा राखेको पाइएको हुँदा उक्त सम्पत्ति पनि जफत गर्ने प्रयोजनार्थ आशालाई समेत प्रतिवादी बनाई आरोपपत्र दायर गरेको जनाएको छ।